२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज झनै बढ्यो सुनको मूल्य : कतिमा हुँदैछ कारोबार ?

gold price today nepal

२ कार्तिक, काठमाडौं । नेपाली बजारमा बिहीवार सुन चाँदीको मूल्य झनै बढेको छ । आइतबार प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको थियो । मंगलबार ४०० रुपैयाँले घटेको सुन बुधबार एकैदिन एक हजार तीन सय रुपैयाँले बढ्यो । आज बिहीवार पनि ५०० रुपैयाँले सुनको मूल्यमा बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँ थियो ।

त्यसैगरी, बिहीवार चाँदीको मूल्य भने घटेको छ । आइतबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भएको थियो । मंगलबार भने १३ सय ७५ रुपैयाँमा नै पाइनेगरी मूल्य तोकिएको थियो । तर बुधवार एकैदिन ३५ रुपैयाँ बढेर एक हजार ४१० रुपैयाँ तोकिएको थियो । आज बिहीवार भने चाँदीको मूल्य एक हजार ३९५ रुपैयाँ तोकिएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस