२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङविरुद्ध नेपालको विस्फोटक बलिङ, मात्र ३३ रन दिएर ५ विकेट चटकाए

Explosive bowling of Nepal against Hong Kong took 5 wickets for only 33 runs

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक क्रिकेट शृंखलामा हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालले चमत्कारीक बलिङ गरेको छ ।

मुलपानीस्थित क्रिकेट मैदानमा नेपालले हङकङविरुद्ध मात्र १४ रन दिएर ४ विकेट ढालेको थियो भने, मात्र ३३ रन दिएर ५औं विकेट लिएको छ । ५ औं विकेटको रुपमा कुशल मल्लले ऐजाज खानलाई ८.३ ओभरमा आउट गरे । खेलमा करण केसीले लगातार तीन विकेट लिए भने, सोमपाल कामीले एक विकेट लिए ।

करणले पहिलो बलमा नै कप्तान निजाकात खानलाई बोल्ड गरे । २.३ ओभरमा अंशुमन रथलाई करणले नै मैदान बाहिर पठाए । ३.६ ओभरमा सोमपाल कामीले मार्टिन कोएत्जीलाई ढलाए । ४.३ ओभरमा करण केसीको बलमा कुशल भुर्तेलले क्याच गर्दै बाबर हायतलाई घर फर्काए । ५औं विकेटको रुपमा कुशल मल्लले ऐजाज खानलाई ८.३ ओभरमा आउट गरे । नेपालले हिजो यूएईविरुद्ध खेलेको टिमलाई नै मैदान उतारेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस