२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अहिले नै थाहा पाउनुहोस् : यूएईमा यी सामान्य ८ काम गरे भोग्नुपर्ने छ कठोर सजाय

Doing these 8 common things in the UAE will result in severe punishment

अबुधाबी । कोही विदेश घुम्न जान्छन् त कोही धेरै पैसा कमाउने सपना बोकेर अर्काको भूमिमा काम गर्न जान्छन् । नेपालको तुलनामा यूएईमा तलब बढी हुने भएकाले धेरै नेपाली र भारतीयहरुसँग विश्वका धेरै मुलुकमा मानिस त्यहाँ छन् । आप्रवासी समेत जो कोहीले त्यहाँको कानून जान्न जरुरी छ ।

बेलैमा त्यहाँको कानून जान्नुभएन र यदि तपाईले कुनै कुरा उल्लङ्घन गर्नुभयो भने, तपाई जेल जान सक्नुहुन्छ। भर्खरै दुबईमा एक बेलायती नागरिक ड्राइभरलाई औंला देखाएको आरोपमा पक्राउ परेको खबर आएको छ । पक्राउपछि उक्त व्यक्तिलाई कानूनी कारबाही गरी अदालतमा पेस गरिनेछ । उनको अपराध प्रमाणित भए सजाय पनि हुन सक्छ ।

हामी यहाँ केही सामान्य गल्तीहरुको बोलेमा उल्लेख गर्दैछौं । जुन थाहा नपाएर तपाईलेपनि गर्नुभयो भने जेल जानुपर्ने हुन्छ । यी गल्तीहरु यूएईमा पुगेर तपाई कोहीलेपनि गर्दै नगर्नुहोस् । आफूले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोस् ।

दुबई, अबुधाबी लगायत यूएई भरी नगर्नुहोस् यी काम

  • दुबईमा कसैलाई अश्लिल इशारा गरेको खण्डमा पक्राउ पर्नुहुन्छ । यसका लागि कठोर कानून छ ।
  • श्रीमान–श्रीमती बाहेक पुरुष र महिलाहरु होटको कोठामा समातिए पक्राउ गरिन्छ । उनीहरूलाई अपराधी मानिन्छ।
  • दुबईको सडकमा कुनै पुरुष वा महिलाले खुलेआम चुम्बन गरेमा पक्राउ गरिनेछ ।
  • पुरुषहरूले आफ्नो लुगामा विशेष ध्यान दिनुपर्छ । पुरुष भएर महिलाको जस्तो लुगा लगाएको पाइए पक्राउ पर्नुहुन्छ ।
  • फेसबुक, व्हाट्सएप जस्ता सामाजिक सञ्जालमा अपमानजनक भाषाको प्रयोगलाई पनि अपराध मानिन्छ।
  • सार्वजनिक स्थानमा मदिरा सेवन गर्नु अपराध हो ।
  • रमजानमा कुनै पनि व्रत बस्नेको अगाडि भूलवश पनि कुनैपनि कुरा नखानुहोस् । यसलेपनि जेल पुर्याउँछ ।
  • कुनै पनि महिलाको अनुमति बिना उनको फोटो खिच्नु पनि अपराध हो ।

यदि तपाई यूएई हुनुहुन्छ वा भविष्यमा जानुहुन्छ भने माथि लेखिएका सामान्य कुराहरू दिमागमा राख्नुहोस्। नत्र सजाय हुन सक्छ ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस