२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अनुमति नलिइ अमेरिकी-कोरियाली डाक्टरको चर्चमा राखिएको स्वास्थ्य शिविरमा छापा मार्दा जे देखियो

A raid on an American-Korean doctor's church-run health camp

२ कार्तिक, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अनुमति विना नै विदेशी डाक्टर प्रयोग गरि सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर बन्द गराएको छ । बसुन्धरास्थित अनन्त आशा मण्डली (चर्च) मा हिजो देखि सुरु भएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा काउन्सिलको टोलीले आज छापा मारी बन्द गराएको हो ।

काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा. कालुसिंह खत्रीको नेतृत्वमा आज गएको अनुगमन टोलीले शिविरमा खटिएका विदेशी चिकित्सकले लिनु पर्ने अनुमति नलिएको बताए । ‘उनीहरु चिकित्सक नै हुन कि होइनन् । दक्षिण कोरिया, अमेरिका लगायत विभिन्न देशबाट आएका १२ – १५ जना विदेशीहरु चिकित्सकको भूमिकामा खटिएको देखियो । भोलि काउन्सिलमा प्रमाणसहित आउनु भनिएको छ । यदि चिकित्सक नै हो भने पनि पहिले काउन्सिलसँग अनुमति लिएर मात्रै काम गर्नु पर्छ । त्यसैले हामीले आज दिउँसो देखि शिविर बन्द गरिदियौँ ,’ डाक्टर खत्रीले भने ।

उनीहरुले ल्याउने कागजातको आधारमा थप कार्वाहीबारे निर्णय हुने बताए । ‘चिकित्सक नै रहेछन् भने एक पटकलाई नसियत दिएर छाड्न सकिएला, होइन रहेछ भने त कडा कारवाही हुन्छ,’ उनले भने । शिविरमा अनुगमन टोली जाँदा सेवा लिने भनेर गएका सर्वसाधारणहरुको भीड थियो । शिविर बन्द भएपछि भने उनीहरु फर्केका छन् ।

पछिल्लो समय चर्चका नाममा नेपालमा विदेशीहरु आउने र विना अनुमति यस्ता शिविरहरु क्रम बढ्न थालेको छ । यस्ता शिविरहरुले आम सर्वसाधारणहरुलाई धर्म परिवर्तनका लागि प्रोस्ताहन मिल्ने समेत देखिएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस