काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नाईमा आज भएको खेलमा न्यूजिल्याण्डले अफगानिस्तानले १४९ रनले पराजित गर्दै लगातार चौथो जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको हो । ६ अंक जोडेको भारत दोस्रो स्थानमा छ ।
न्यूजिल्याण्डले दिएको २८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा सवै विकेट गुमाएर १३९ रनमा रोकिएको थियो ।
यसअघिको खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै सनसनी मच्चाएको अफगानिस्तान न्यूजिल्याण्डसँग भने स्तब्ध भयो । जवाफी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका रहमत साहले सर्वाधिक ३६ रन बनाउँदा अजमतुल्लाह ओमरजाइले २७ रन बनाए । त्यसैगरी इकरम अखिलले १९ रन बनाउँदा इब्राहिम जर्दाले १४ रनको पारि खेले भने रमनुल्लाह गुर्वाजले ११ रन बनाए ।
अरुले दोहोरको अंकमा रन बनाउन असफल रहे । न्यूजिल्याण्डका मिचेल सेन्टनर र लोकी फर्गुसनले तीन तीन विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट लिए ।
पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८८ रन बनायो । उसका लागि । ग्लेन फिलिप्सले सर्वाधिक ७१ रन बनाउँदा कप्तान टम लाथमले ६८ रनको पारि खेले । यसैगरी विल योङले ५४ रन बनाउँदा रेचिन रविन्द्रले ३२ तथा मार्क चापम्यानले २५ रनको नटआउट पारि खेलेका थिए । डेभोन कोनवेले २० रनबाउँदा मिचेल सेन्टनरले ७ रनबनाए ।
अफगानिस्तानका नभिन उल हक र अजमतुल्लाह ओमरजाईले दुई दुई विकेट लिए । मजुब उर रहेमान र रासिद खानले एक एक विकेट हात पारे ।