२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईविरुद्व नेपालको चमत्कारीक सुरुवात : तीन ओभरमा नै लियो दुई विकेट

Nepali Cricket team

काठमाडौं । त्रिकोणात्मक श्रृखला अन्तरगत यूएईविरुद्वको टि–२० क्रिकेट खेलमा नेपालले चमत्कारीक सुरुवात गरेको छ । नेपालको मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले तीन ओभरमा नै दुई विकेट लिएको छ ।

सोमपाल कामीले पहिलो ओभरको (वाइड बाहेक) छैटौं बलमा नै विकेट लिएका छन् । उनले यूएईका खालिद शाहलाई सजिलै घर पठाइदिए । सोमपाल कामीको बलमा कप्तान रोहित पौडेलले क्याट आउट गराएका थिए ।

३.१ ओभरमा करण केसीले नेपालका लागि अर्को विकेट लिए । करण केसीको बलमा आसिफ शेखले क्याच गर्दै यूएईका अलीशान शरफूलाई मैदानबाट फिर्ता पठाए । आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन् । उनले विगत ८ महिनायता नेपालको राष्ट्रिय टिमसँग प्रशिक्षण गरिरहे पनि डेब्युको मौका पाएका थिएनन् ।

पछिल्लो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा इमर्जिङ प्लेअर भएका मौसमले त्यसपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा मौका पाएका थिए । नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्याम ढकाल (मौसम) छन् । नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

 

 

 

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस