२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलबाट नेपालीहरु फर्किनै नचाहेनन् दूतावासको स्पष्टोक्ति

१ कात्तिक, काठमाडौं । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् ।

इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् ।

दूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए पनि १८ जना मात्रै सम्पर्कमा आएका थिए । ‘हामीलाई छिमेकी मुलुक भारतको उद्धार विमानमा दिइएको सिट पनि भर्न सकेनौं ।

हामीलाई २० वटा सिटको व्यवस्था भएको थियो । सबैलाई सूचना गर्दा पनि १८ जना मात्रै जान तयार हुनुभयो । यसले पनि नेपाल फर्किन चाहेका नागरिकहरूको मनस्थिति बदलिएको देखिन्छ’, प्रथम सचिव घिमिरेले भनेका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस