२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे वरिष्ठ उपरीक्षकमा बढुवा

Kathmandu Metropolitan Police Chief Pandey has been promoted to Senior Superintendent

कार्तिक १, काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी प्रमुख प्रहरी राजुनाथ पाण्डे वरिष्ठ उपरीक्षकमा बढुवा भएका छन्। महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार प्रहरी उपरीक्षक पाण्डेलाई म‌प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिए।

महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था थियो। यसअघि महानगर प्रहरीमा प्रहरी उपरीक्षकसम्मको दर्जा रहे पनि प्रहरी वरिष्ठ उपरीक्षकको दर्जा सिर्जना गरी पाण्डेलाई बढुवा गरिएको हो।

२०५० सालमा प्रहरी नायब निरीक्षकबाट सेवा प्रवेश गरेका पाण्डेलाई यसअघि पनि महानगरले प्रमुखको जिम्मेवारी दिएको थियो। यसअघि महानगरपालिकामा पाँच जनाको प्रहरी उपरीक्षक दरबन्दी थियो। हाल महानगर प्रहरीमा तीन सय हाराहारीमा जनशक्ति रहेको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस