२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायल आक्रमणमा निधन भएका पाँच नेपालीको शव नेपाल ल्याउने तयारी

Israel launches massive assault on Gaza by land sea and air

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन् ।

उनले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये ५ जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताए । उनले मृतक अन्य ५ जनाको भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने बताए । उनले अज्ञात विपिन जोशीको भने खोजि भइरहेको बताए । हराएका विद्यार्थीको बारेमा इजरायल र अन्य सरकारहरूसँग समन्वय गरेर खोजि भइरहेको बताए ।

‘अहिले इजरायलको घटनाले मुलुक तरंगित भएको छ । १० जना सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको इजरायलको एउटा बंकरमा रहँदा हत्या भएको छ । उनीहरुको निधन भएको छ । उनीहरुमध्ये केही मानिस घाइते भएका छन् । विपिन जोशी अज्ञात छन् ।

त्यसमध्ये ५ वटा शव भेरिफिकेशन भएर इजरायल सरकारले हामीलाई सुम्पिनका लागि नेपाल पठाउनका लागि तयार अवस्थामा राखिसकेको छ उनले भने, बाँकी ५ शवको हकमा पनि भेरिफिकेशन भएपछि, मेडिकल प्रोसेस पूरा भएपछि नेपाललाई हस्तान्तरण गर्ने भनिएको छ ।

र हराएका विद्यार्थीको बारेमा पनि इजरायल सरकारसँग पनि र इजरायल बाहेकका अन्य खाडीका सरकारहरु जसको हमास समूहसँग सम्पर्क छ भन्ने गरिन्छ । उनीहरुसँग सम्पर्क गरेर हामीले समन्वय गरेर खोजि गर्ने काम सरकारले तिब्रतासँग गरिरहेको छ ।’ उनले सरकारले बेपत्ताको खोजि कार्यलाई तिब्र बनाएको बताए ।

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस