२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लाओसविरुद्ध नेपालको मुख्य तीन परिवर्तन

nepal vs laos football match

३० असोज, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक चरण छनोट अन्तर्गत नेपालले लाओस विरुद्ध दोस्रो लेगको खेल सुरु भएको छ । लाओसको घरेलु मैदानमा जारी खेलमा नेपालले मुख्य तीन परिवर्तन गरेको छ ।

जसमा पहिलो लेगमा खेलेको टोलीमा तीन परिवर्तन गरिएको हो । मिडफिल्डरहरु एरिक विष्ट, उत्सव राई र दिनेश हेन्जन दोस्रो लेगमा पहिलो रोजाइमा खेल्दैछन् । तीनै खेलाडीले पहिलो लेगमा वैकल्पिक खेलाडीको रुपमा खेलेका थिए ।

गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा रहेको टोलीमा रोहित चन्द, अनन्त तामाङ र सनिश श्रेष्ठ डिफेण्डरको रुपमा छन् । यस्तै मिडफिल्डमा लकेन लिम्बुले निरन्तरता पाएका छन् । अञ्जन विष्ट, मनिष डाँगी र जिलेस्पीजंग कार्की फरवार्डको रुपमा छन् । गत बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १(१ को बराबरीमा सकिएको थियो । छनोटको दोस्रो चरणमा पुग्नका लागि नेपाललाई आजको खेल जित्नैपर्नेछ ।

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस