२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फिफा विश्वकप छनोटः लाओसलाई उसकै घरमा जसरीपनि हराउने रणनीतिमा नेपाल

nepal vs laos football match

काठमाडौं । फिफा विश्वकप फुटबल छनोटअन्तर्गतको पहिलो चरणको दोस्रो लेगमा नेपालले आज लाओसको सामना गर्दैछ । नेपाल र घरेलु टोली लाओसबीचको दोस्रो लेग भियनतियनेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि नेपालमा भएको पहिलो लेगमा दुवै टोलीले एक–एक बराबरी खेलेका थिए । त्यसैले दोस्रो चरणमा पुग्न नेपालमाथि जित हात पार्नुपर्ने दवाव छ । पहिलो लेगमा दुवै टोलीले बराबरी खेलेका कारण दोस्रो लेगमा कुनै एक टिमले जित्नै पर्ने हुन्छ ।

यदि निर्धारित समयको खेल बराबरीमा टुंगिए, अतिरिक्त ३० मिनेट खेलाइने छ । यदि थप गरिएको समयमा पनि विजेताको टुंगो नलागेको खण्डमा पेनाल्टी सुटआउटबाट विजेता चयन हुनेछ । नेपाल उसकै घरमा लाओसलाई जसरीपनि हराउने रणनीतिमा उत्रिनेछ ।

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस