२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन

३० असोज, काठमाडौं । मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन भएको छ । उनको सोमबार काठमाडौंको ओम अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको हो । उनी श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिए ।

१० गते शनिवारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौंमा जन्मिएका उनलाई सामाजिक शास्त्र (विधा) विषयमा ‘जनरल भीमसेन थापा’ र ‘तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०१३’ बाट सम्मानित गरिएको थियो ।

चित्तरञ्जन नेपालीको खास नाम भने नारायणप्रसाद राजभण्डारी हो । राणा विरोधी आन्दोलनका लागि आफ्नो खास नाम त्यागेर उनले चित्तरञ्जन नेपाली राखेका थिए ।

इतिहासकारका रुपमा पनि चिनिने चित्तरञ्जनका ‘जंगबहादुरको कथा’, ‘केही कृति : केही अभिव्यक्ति’, ‘पारिवारिक षडयन्त्रका कथाहरु’ लगायत पुस्तक पनि प्रकाशित छन् ।

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस