२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज मंगलबार सुन चाँदीको मूल्य घट्यो : आज कतिमा हुँदैछ कारोबार ?

gold price today nepal

असोज २९, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। आइतबार प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको थियो । आज मंगलबार ४०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ९०० सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्यपनि घटेको छ। आइतबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भएको थियो । आज मंगलबार भने १३ सय ७५ रुपैयाँमा नै पाइनेगरी मूल्य तोकिएको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस