२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ९ जना घाइते

Road Accident

काठमाडौं । पर्वत, कुश्मा नगरपालिका–५ कुमाल टोलस्थित सडकमा ग.२१ प ४२९० नम्बरको स्कुटर र ध.१ प ८३२४ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा ग.२१ प ४२९० नम्बरको स्कुटरमा सवार कुश्मा नगरपालिका–४ पुरानो बजार बस्ने १९ वर्षीया आशिका बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, खजुरा गाउँपालिका-७ जेठी नालास्थित सडकमा ना.४ ख ६५१ नम्बरको स्कुल बस सडकबाट करिब १५ मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा बसमा सवार खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने बसन्ती नेपालीको छोरा १२ वर्षीय दिप नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ६ जना मध्ये सोही अस्पतालमा उपचार पश्चात ५ जना डिस्चार्ज भएका छन् भने १ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगंज पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, निजगढ नगरपालिका-९ स्थित सडकमा सु.प.प्र.०१-००१ख२७३७ नम्बरको ट्रकले प्र.२-०३-००४ प ५१८८ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका-३ सिमरी बस्ने ३० वर्षीय ईश्वर राईको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक प्रसुती अस्पताल निजगढ हुँदै बयोधा अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बारा, जितपुरसिमारा उपमहानगरपालिका-९ छातापिपरामा ना.६ ख २०९२ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री भारत घर भएका सोही ठाउँस्थित फ्याक्ट्रीमा काम गर्ने राजेश सिंहको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोद्धा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।  ट्रकलाई नियन्त्रणमा लिई हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, रतुवामाई नगरपालिका-८ ईटहरा बजारस्थित सडकमा को.२६ प ४२७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने ३२ वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस