२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक मात्र विकल्प जिल्ला अस्पताल खोटाङकै सुत्केरी सेवा अनिश्चितकालिन बन्द, जीवनजलसमेत छैन

District Hospital Khotang Delivery service closed

काठमाडौं । जिल्लाभर एक मात्र विकल्प रहेको जिल्ला अस्पताल खोटाङमा सुत्केरी गराउने (डेलिभरी) सेवा समेत बन्दको सूचना प्रकाशित भएको छ । अस्पताल प्रशासनले आज सूचना जारी गर्दै, ‘अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि डेलिभरी र अपरेसन सेवा बन्द’ रहने व्यहोरा सम्पूर्ण सेवाग्राहीहरुमा सूचित गरिन्छ भनेको छ । ‘

सूचनामा भनिएको छ, प्रस्तुत विषयमा यस अस्पतालमा कार्यरत अपरेशनको क्रममा बेहोस गराउने स्वास्थ्यकर्मी विरामी भई उपचारको सिलसिलामा काठमाण्डौ जानु भएकाले अर्को व्यवस्था नहुञ्जेल सम्मका लागी डेलिभरी र अपरेसन सेवा बन्द रहने व्यहोरा सम्पुर्ण सेवाग्राहीहरुमा सूचित गरिन्छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति अस्पताल परिवार क्षमा चाहन्छौ ।’

डा. चतुरानन्द यादव
नि. कार्यालय प्रमुख

यहाँ अहिले कार्यालय प्रमुख समेत छैनन् । निमित्त कार्यालय प्रमुखको भरमा अस्पताल चलिरहेको छ । यसअघि राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको स्पष्ट पारेको थियो । कार्यालयले अनुगमनका क्रममा शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी नभएको पाइएको जनाएको हो ।’

मानव जीवनको पहिलो प्राथमिकतामा पर्ने शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह खोटाङ जिल्लामा प्रभावकारी नभएको पाइएको आयोगका सदस्य मिहिर ठाकुरले बताएका छन् । अनुगमनका क्रममा जिल्ला अस्पताल खोटाङ पुगेर हेर्दा जीवनजलसमेत नभेटिएको उनको भनाई छ ।,

यहाँ यो सेवा बन्द हुँदा सुत्केरी गराउने अर्को विकल्प छैन । विकट पहाडी जिल्ला भएकाले मधेसका जिल्लामा रहेका अस्पताल पुग्न एक दिन लाग्छ । त्यो भन्दा केही छिटो राजधानी काठमाडौं पर्दछ । ज्यान माया मार्ने हो भने आधा दिन लगाएर काठमाडौं आइपुग्नुपर्छ । जन जोगाउन प्रयास गर्दा हेलिकोप्टर चार्टरमा भएको जायजेथा सिध्याउनुपर्छ ।’

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस