२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मलाई बच्चा बेचेको आरोप लगाउनु ‘आमाको अस्मितामाथीको बलात्कार‘ हो : उपसभामुख इन्दिरा [ भिडियो ]

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर केही व्यक्तिहरु प्रयोग गरेर आफ्नो र आफूले हुर्काएका बच्चाहरुको सुनियोजित ढंगले बदनाम गर्न खोजेको भन्दै भक्कानिएकी छिन् । एक टेलिभिजन कार्यक्रममा उपसभामुख इन्दिरा बच्चा तस्करी जस्ता सुन्नै नसक्ने शब्द प्रयोग गरेर सामाजिक सञ्जालको चरम दुरुपयोग भएको प्रति आफू ज्यादै दुखी भएको भन्दै भावुक बनिन् । ’

‘ तपाईलाई बच्चा बेचेको ’ भन्ने संगीन आरोप लगाइयो नी हो ? भन्ने प्रस्तोताको प्रश्नमा उपसभामुख इन्दिराले भनिन्, ‘ मलाई बच्चा बचेको आरोप लगाउनु आमाको अस्मितामाथी बलात्कार हो । ‘  नेपाल मात्र हैन, विश्व दुनियाँले मलाई नियालेको छ । मेरो कामलाई देखेको छ । राज्यका सबै निकायमा मेरा कामका बारेमा समन्वय, पत्राचार हुन्छ । विश्व समुदायले सल्यूट गर्ने मोडलमा बालगृह चलाएको छु । तर नेपालकै केही व्यक्तिले बालबच्चा ओसारपसार जस्तो जघन्य अपराध भन्दै गरिएको दुश्प्रचारले म ज्यादै दुखी छु । ’

९ बर्षअघि भूकम्प गएपछि नेपाल बाल संठनमा रहेका बालबालिकाको अवस्था अलिक नाजुक थियो । साना–ठूला बच्चा एउटै होममा राखिएको थियो । उनीहरु दुव्र्यवहारको शिकार बन्ने खतरा थियो । त्यो अवस्थामा ५ जना बन्दीका बालबालिका मेरो संस्थामा स्थान्तरण गरिएको हो । पहिले नेपालमा बन्दीका बालबालिका सम्बन्धी कानून थिएन । सबै खालका बालबालिका एउटै संरक्षण गृहमा राखिन्थ्यो । ’

तर बन्दीका बालबालिकाका सन्र्दभमा म एक्सपर्ट जस्तै भए । म नेपालको बालबालिकाको हितमा काम गर्ने संस्था/निकायहरुको सञ्जालको संस्थापकपनि भएकाले नेटवर्कभित्र छलफल गरेर, निर्णय गरेर नै नेपालको कानून र उनीहरुका आमा–बुबा एवं संरक्षकको अनुमतीमा बन्दीका बालबालिका मेरो संरक्षण गृहमा ल्याउने चलन थियो । अहिलेपनि छ । ’

बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद–५ अनुसारका बालबालिकालाई सोही ऐनको दफा (४९) को बैकल्पिक हेरचाहको व्यवस्थाका लागि दफा (५२) अनुसार सञ्चालित बालगृहमा स्थानन्तरण भएको हो । उनीहरु अहिले बालिग भइसकेका छन् । सम्मानका साथ मेरो संरक्षकत्वमा उच्च शिक्षा हासिल गरिरहेका छन् । यो दूश्प्रचारविरुद्ध म हैन उनीहरु स्वयं लड्ने कानूनी हैसियतमा छन् । तर म पदमा आएपछि मेरो बदनाम हुने काम भयो ! इन्दिराले भनेकी छिन् ।

सबै यर्थाथ भिडियोबाट हेर्न / सुन्न सक्नुहुन्छ । ’

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस