२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डिभोर्सपछि पूर्व मिस नेपाल उषा खड्गी अभिनेता धिरेन शाक्यसँग रोमान्समा देखिइन्

काठमाडौं । जीपी तिमल्सेनासँग डिभोर्सपछि पूर्व मिस नेपाल उषा खड्गी विस्तारै आफ्नो नीजि जीवनमा खुल्दै आउन थालेकी छिन् । डिभोर्सअघि आफूमाथि निरन्तर भएको हिंसा र डिभोर्सको कष्टपूर्ण जर्नीले डिप्रेसनकै शिकार बनेको बताउने खड्गीले त्यो अवस्था जितिसकेको बताएकी छिन् ।’

अब भने उनी विभिन्न पर्दामा देखिन काम गर्न थालेकी छिन् । उनले कुनै कष्टपूर्ण समयलाई कसरी जितेर खुशीको समय प्राप्त गर्ने भन्ने बारेमा सार्वजनिक रुपमा विभिन्न टिप्सहरु समेत दिन थालेकी छिन् । बोल्न नहिच्किचाउने खड्गीले हालै एक विज्ञापनमा अभिनय गरेकी छिन् ।,

उनी आफैले अभिनेता धिरेन शाक्यसँग एउटा विज्ञापनमा स्क्रिन साझा गरेको बताएकी छिन् । त्यो बेलाको सुटिङकोपनि उनले जानकारी दिएकी छिन् । सुटिङ कै बेला अभिनेता धिरेनसँग उनले रोमान्टिक भिडियो बनाएकी छिन् ।

‘धड्किन्छौ, मुटुमा होला । छल्किन्छौं आँखामा होला’ बोलको गीतमा खड्गी धिरेनको अंगालोमा बाँधिएकी छिन् । उक्त भिडियो सामाजिक सञ्जालमा अहिले छाइरहेको छ ।

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस