२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२ महिनामा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष ०८०/८१ को पहिलो २ महिनामा नेपालले करिब साढे २ खर्ब रेमिट्यान्स भित्र्याएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव १ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव ८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव ७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड अमेरिकी डलर पुगेको छ।

गत भदौ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या २८ दशमलव ​३ प्रतिशतले घटेर ७४ हजार ४५५ रहेको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १८ दशमलव ३ प्रतिशतले घटेर ३२ हजार ४ कायम भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या ७० दशमलव ६ प्रतिशतले बढेको थियो।

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस