२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ मौसम पूर्वानुमान महाशाखाले आज सहित कार्तिक १ गतेसम्मका लागि अपडेट गरेको मौसम विवरण

weather forecast nepal today

२९ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा कार्तिक १ गतेसम्मको मौसम सम्बन्धि अपडेट हामीलाई गराएको छ । उक्त अपडेट तल राखिएको छ । यो जानकारी तपाईले हेरिसकेपछि अरुका लागि सेयर गरिदिनुहोला । मौसम हेरेर यात्रा तय गर्नुपर्ने भएकाले यो अधिकांशलाई जरुरी छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) जारी मिति: २०८० असोज २९ गते विहान ६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis) यस वर्षको मनसुन हिजो मिति २०८० असोज २८ गते (तदनुसार 15 October 2023) का दिन नेपाल बाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति October 2 रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ (June 14) मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status) हाल देशभर आंशिक देखी  सामान्य बदली रहेको छ।

२०८० असोज २९ गते (सोमबार)

दिउँसोː देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बांकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखी मध्ययम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती: सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर-पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका ‍एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०८० असोज ३० गते (मंगलबार)

दिउँसोː  लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू_भागमा आंशिक देखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै  र तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती:   गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०८० कार्तिक ०१ गते (बुधबार)

दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै   स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का  वर्षाको सम्भावना रहेको छ।

राती:   देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

  आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बांकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखी मध्ययम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। वर्षा तथा हिमपातका कारण जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस