२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरिताले जितिन् मिसेस मंगोल नेपाल २०२३ को ताज

काठमाडौं । मिसेस मंगोल नेपाल २०२३ राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न भएको छ । हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रममा नुवाकोटकी सरिता तामाङले चाँदीको ताज पहिरिन सफल भएकी छिन् । त्यसैगरी फस्ट रनर अपमा सुनी साम्सुहाङ्मा तथा सेकेन्ड रनर अपमा मिङ्डोमा शेर्पाले उपाधि हासिल गरेका छन् । मिसेस मंगोल नेपाल मंगोलियन समुदायका विवाहित महिलाहरुको राष्ट्रिय स्तरको सांस्कृतिक सौन्दर्य प्रतियोगिता हो। यो कार्यक्रम, कार्यक्रम श्रृखलाको ९ औं संस्करण हो ।

चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको निर्देशन एवंम् कोरियोग्राफी रहेको सो कार्यक्रममा मंगोलियन समुदायको विविध संस्कृति झल्कने परम्परागत पोसाक र आफ्नै भाषामा समेत प्रतियोगीहरुले परिचयात्मक चरण, प्रश्नोत्तर चरण, फेसन सो, क्राउनिङ्ग चरणमा प्रस्तुती दिएका थिए । सुरुवाती चरणमा सुब्बाको कोरियोग्राफीमा नेपाली हामी रहौला कहाँ ? गीतमा आकर्षक नृत्य गरेका प्रतियोगीहरुले समग्र कार्यक्रममा निकै नै उत्कृष्ट प्रस्तुति दिएका थिए । कार्यक्रमको निर्णायक मण्डलमा कस्मेटोलोजिस्ट डा. रेखा थापा मगर, मिसेस हिमालयन नेपाल २०२० माया लामा, मिसेस नेपाल आइडल २०१९ सोभिता राई र अभिनेता सोम लामा रहेका थिए ।

कार्यक्रममा विभिन्न सबटाईटल अवार्डहरु वितरण गरिएको थियो जसमा मोस्ट इन्टिलिजेन्ट र भ्युअर च्वाइस सरिता गुरुङ, बेस्ट फोटोजेनिक, मस्ट पपुलर र पब्लिक भिडियो च्वाइस सुनी साम्सुहाङ्मा, मोस्ट इनर्जेटिक मिङ्डोमा शेर्पा, मोस्ट चार्मिङ्ग रोजी ब्लोन, मोस्ट डिलिजेन्ट टेनिसा राना मगर, मोस्ट स्मार्ट सन्जु मेयोङ्वा तावा, मोस्ट डिसेन्ट मन्जिला राईले जित्न सफल भएका छन् । कार्यक्रममा विविध नृत्य प्रस्तुतिहरु समेत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गरेका थिए। मंगोलियन महिलाहरुमा रहेको क्षमता, प्रतिभा प्रष्फुटन गराउने र कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी गराएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस