काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रुपैयाँ १ सयको खरिद दर १ सय ६० रुपैयाँ र बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
यसैगरी अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ रुपैयाँ तोकिएको छ। यूरो १ को खरिद दर १३९ रुपैयाँ ७२ पैसा र बिक्री दर १४० रुपैयाँ ३५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ ४४ पैसा र बिक्री दर १६२ रुपैयाँ १७ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ६४ पैसा र बिक्री दर ८४ रुपैयाँ २ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
यस्तो छ आजको विनिमय दर