२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य

today gold price in nepal

२८ असोज, काठमाडौं । आज साताको पहिलो दिन शुक्रवारको तुलनामा झण्डै ३००० रुपैयाँले सुनको मूल्य बढेको छ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य गत बिहीवारबाट फेरि उकालो चढेको थियो । यो साताको सुरुवातमा नै भने उच्च बढेको छ ।

योसँगै छापावाल सुनको प्रतितोला मूल्य एक लाख १३ हजार रहेको छ । शुक्रबार छापावाल सुनको मूल्य एक लाख १० हजार १ सय मात्र थियो ।

आज तेजावी सुनको मूल्य एक लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ । शुक्रवार छापावाल सुनको प्रतितोला मूल्य एक ९ हजार ५५० रुपैयाँ थियो ।

एक हप्ता अघिको शुक्रबार एक लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक लाख १३ हजार रुपैयाँ पुगेको छ । एक हप्ताको आसपासमा ५ हजार ७ सय मूल्य बढेको छ । चाँदीको मूल्यपनि ह्वात्तै बढेको छ । शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ३४५ कायम भएको थियो । आज १ हजार ३९० पुगेको छ । चाँदी एकै दिन ४५ रुपैयाँ प्रतितोला बढेको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस