काठमाडौं । आजको समयमा, प्राय: पुरुषहरू काम गर्ने महिलाहरूसँग विवाह गर्न चाहन्छन् । तर अहिले पनि केटा मान्छेहरूलाई आफूभन्दा धेरै कमाउने श्रीमती देख्न धेरै गाह्रो लाग्छ । सबै एकनासका हुन्छन् भन्ने कुरा सत्य होइन् । आजको दिनमा धेरै पुरुषले आफ्नो जीवनसाथीलाई अगाडि बढ्नको लागि सक्दो साथ दिन्छन् ।
हाम्रो समाजमा त्यस्ता धेरै पुरुषहरू छन्, जसले श्रीमती आफूभन्दा धेरै सफल भएको कुरा स्वीकार गर्न अफट्यारो मान्दैनन् । तर हाम्रो समाजमा त्यस्ता व्यक्तिहरुको संख्या एकदम कम छ ।
अधिकांश पुरुष अझै पनि महिलालाई आफूभन्दा तल्लो तहमा राख्न रुचाउँछन् । ताकि उनीहरु सधैं महिलालाई काबुमा राख्न सकुन् ।
फ्लोरिडा र भर्जिनिया विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अध्ययनले आफ्नो जीवनसाथीको सफलताले पुरुषको आत्मसम्मानमा नकारात्मक असर पार्ने देखाएको छ । जसकारण उनीहरुको आपसी सम्बन्ध पनि खतरामा पर्न थाल्छ ।
यो करियरमा सफलताको कारणले मात्र हुँदैन । यसमा शारीरिक फिटनेस लक्ष्यहरू, व्यक्तिगत वृद्धिसहितका कुराहरु छन् जसले पुरुष अहंकारलाई चोट पुर्याउँछन् ।
सबै कुरामा रमाइलो
जब श्रीमती धेरै कमाउन थाल्छिन्, तब पतिले आफूलाई असुरक्षित महसुस गर्न थाल्छ । धेरैजसो मानिसहरूले यो कुरा आफ्नो जीवनसाथीसँग सीधै साझा गर्दैनन् । श्रीमतीमाथि व्यंग्य गर्न थाल्छन् । यस्तो अवस्थामा यदि तपाईंको पतिले रिसलाई हास्यास्पद रूप दिएर तपाईंको तलब, सामाजिक जीवन वा जीवनशैलीजस्ता कुरालाई निशाना गर्छ भने बुझ्नुहोस् उसले तपाईंमाथि ईर्ष्या गरिरहेको छ ।
तपाईंको सपनाको वास्ता नगर्नु
सबैको जीवनको लक्ष्य र सपना फरकफरक हुन्छन् । अधिकांश महिलालाई विवाहपछि यी कुराहरू पूरा गर्न निकै गाह्रो हुन्छ । उनीहरूका लागि सपनाको घर भन्ने कुरा श्रीमान् र छोराछोरीपछि आउँछ ।
त्यसपछि पनि यदि कुनै महिलाले आफ्नो लक्ष्य हासिल गर्ने हिम्मत गर्छे भने, यो कुरा उनका पतिलाई मन पर्दैन । तपाईं जब सपनाको कुरा गर्नुहुन्छ तब उ तुरुन्तै अन्य बेकारका कुरा गर्न थाल्छ । यदि तपाईंसँग पनि यस्तो हुँदैछ भने बुझ्नुपर्छ कि पति असुरक्षित महसुस गर्दैछ ।
सानो सानो कुरामा रिसाउनु
हाम्रो समाजका अधिकांश पुरुषहरू महिलाको स्वतन्त्रतालाई लिएर निकै असुरक्षित महसुस गर्छन् । कम बोल्ने महिला सबैलाई मनपर्छ, जसलाई उनीहरुले चाहेको बेला प्रयोग गर्न सक्छन् ।
यस्तो अवस्थामा यदि पत्नी उनीभन्दा छिटो सफल भइन् भने उसले आफ्नो क्रोध लुकाउन सक्दैन। सम्बन्धमा आफ्नो नियन्त्रण कायम राख्न उ सधैं आफ्नी श्रीमतीलाई घर र कार्यालय राम्ररी सम्हाल्न नसक्ने महिला भनेर महसुस गराउन थाल्छ । आफ्नी श्रीमतीलाई बारम्बार अबुझ भनेर सताउने गर्छ ।
सबै कुराको फरक अर्थ निकाल्नु
यदि तपाईंको जीवनसाथीले सीधा जवाफको अर्कै अर्थ लगाउन खोज्दैछ भने, यो एक संकेत हो । यस्तो हुँदा तपाईंले बुझ्नुपर्छ कि उसलाई तपाईंको आराम वा सफलतामा रिस भइरहेको छ ।
उदाहरण को लागी यदि तपाईंको श्रीमानले तपाईंलाई सोध्नु भयो तिम्रो दिन कस्तो भयो ? यसको जवाफमा यदि तपाईं आज अफिसमा मेरो धेरै प्रशंसा भयो, रमाइलो गरियो खु:शी छु भन्ने कुरा बताउनुहुन्छ । त्यसलाई तपाईंको श्रीमानले आफूलाई नराम्रो देखाउन खोजेको भनेर गलत्त अर्थ लगाउन थाल्छन् ।
सम्बन्ध खराब हुँदा तपाईंलाई दोष
यदि तपाईंको श्रीमानले अचानक गाली गर्नेदेखि खराब सम्बन्धको बारेमा कुरा गर्न थाल्यो भने बुझ्नुहोस्, उसलाई तपाईं बाहिर काम गरेकोमा खुशी छैन् । जब पतिलाई लाग्छ, तपाईं अब उसको नियन्त्रण भन्दा बाहिर जानुभयो तब पुरुषहरू प्राय: यो गर्छन् । सोहीकारण धेरै पटक महिलालाई आफ्नो करियर वा बिहे मध्ये एक रोज्न विकल्प दिइन्छ ।