२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हमास निमिट्यान्न पार्ने भन्दै हमला गर्न इजरायली सैनिक गाजा क्षेत्र प्रवेश

Israel launches massive assault on Gaza by land sea and air

२८ असोज, काठमाडौं । हमास लडाकूलाई निमिट्यान्न पार्ने भन्दै इजरायली सेनाले गाजामा प्रवेश गरेर जमिनबाटै हमला गर्ने भएको छ । त्यसका लागि इजरायली सेना गाजाको सिमा नजिकै भेला भइरहेका बीबीसीले जनाएको छ ।

गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा हवाइ हमला गरिरहेको थियो । अब उसले गाजामै प्रवेश गरेर जमिनबाटै हमला गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । शनिबार राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ती सैनिकलाई भेटेको तस्वीर र भिडियो पनि सार्वजनिक भएको छ ।

गाजाको सीमा क्षेत्रमा इजरायलले यसअघि नै ट्यांक तैनाथ गरेको थियो । इजरायली सेनाले उत्तर गाजा खाली गर्न स्थानीयबासिन्दालाई दिएको २४ घन्टाको समय पूरा भइसकेको छ । सेनाले उनीहरुलाई ठाउँ खाली गर्न थप ३ घन्टाको समय दिएको र त्यो समयमा उसले कुनै पनि कारबाही नगरेको बीबीसीले जनाएको छ ।

इजरायलले खाली गर्न निर्देशन दिएको ठाउँमा ११ लाख प्यालेस्टायनी नागरिक छन् । जसबाट अहिलेसम्म २ हजार ३०० जनाको मृत्यु भइसकेको छ । हमासको कारबाहीमा परेर इजरायलमा १ हजार ३०० जना मारिएका छन् ।

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस