२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जमिन, समुद्र र हावाबाट गाजामा ठूलो आक्रमण गर्दै इजरायल

Israel launches massive assault on Gaza by land sea and air

काठमाडौं । इजरायलले गाजामा अझै ठूलो र महत्वपूर्ण स्थलगत आक्रमणको तयारी गरिरहेको बताएको छ । इजरायली सेनाले गाजामा जमिन, समुद्र र हावाबाट आक्रमण गर्ने योजना बनाएको बताएको हो । तर, आक्रमण कहिले गर्दै छ भन्ने समय भने खुलाएको छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अग्रमोर्चामा रहेका सैनिकहरूलाई ‘दोस्रो चरण आउँदैछ’ भन्दै जमिनबाट आक्रमण सुरु हुने बताएका छन् ।

इजरायलले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख प्यालेस्टाइनीहरूलाई उत्तरमा आक्रमण गर्ने भन्दै दक्षिणतिर जान भनेको छ । उत्तरी गाजाका नागरिकहरू पैदलका साथै सवारी साधनबाट यात्रा गर्दै भाग्न थालेका छन् । संयुक्त राष्ट्र संघले प्यालेस्टाइनीहरूलाई २४ घण्टाभित्र उत्तरी गाजा छोड्नको लागि दिएको आदेशलाई लिएर इजरायलको निन्दा गर्दै खारेज गर्न माग गरेको छ ।

राष्ट्र संघले यसलाई मानवताविरुद्धको अपराध र अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लंघन भएको भन्दै यो मृत्युदण्ड बराबर हुने चेतावनी दिएको छ । इजरायली रक्षा बल (आईडीएफ)का प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कन्रिकसले सीएनएनलाई नागरिकहरू विस्थापित भइसकेपछि आक्रमण गर्ने भनेका छन् ।

गत असोज २० गते हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ । इजरायलले गाजा पट्टीमा गरेको जवाफी आक्रमणमा दुई हजार २०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ । यहाँ आठ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

यसबीच अमेरिकी रक्षा विभाग पेन्टागनले पूर्वी भूमध्यसागरमा दोस्रो ‘क्यारियर स्ट्राइक समूह’ पठाएको छ । अमेरिकाले यहाँ लडाकु विमानहरू पनि पठाइरहेको छ । इजरायलको आक्रमणमा सहभागी हुने उद्देश्यले नभएर इरान र हिजबुल्लाह जस्ता अन्यलाई द्वन्द्वमा प्रवेश गर्नबाट रोक्नका लागि त्यहाँ युद्धपोत र लडाकु समूह पठाइरहेको अमेरिकाले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस