२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पृथ्वीनारायण शाहले बनाएको भगवती मन्दिरमा बाहुन र दलितले एकै स्थानमा राखे जमरा

नुवाकोट । नेपाली समाजमा अहिले पनि छुवाछुत प्रथा कायमै छ। तर, नुवाकोटको बेलकोटगढीले आफूलाई छुवाछुतमुक्त गाउँका रूपमा परिचय थपिरहेको छ। ग्रामीण समाजमा अझै पनि जातीय छुवाछुत र भेदभाव हुने गरे पनि नुवाकोटको बेलकोटगढी भने धार्मिक सहिष्णुताको नमुना गाउँ बन्दै गएको छ। उँचो तथा निचो जात नभनी सबै मिलेर एकै स्थानमा गरेको धार्मिक कार्यको सबैतिर चर्चा हुने गरेको छ।

नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यसवर्ष बडादसैंका लागि बाहुन र दलित समुदायले एकैस्थानमा जमरा राखेका छन्। बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवतीको मन्दिरमा घटस्थापनाको दिन आइतबार साइतको समयमा सामूहिक जमरा राखिएको हो।

नेपाल एकीकरणपछि नुवाकोटवाटै सुरुवात गरेका पृथ्वीनारायण शाहको पालादेखि बेलकोटगढीस्थित निरञ्जला भगवतीको मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालाई यसपटक बेलकोट र आसपासका दुई सय ४० घरधुरीका ब्राम्हण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेको स्थानीय निरन्जना भगवती मन्दिरका मुल पुरोहित नरनाथ पौडेलले बताए।

३२ वर्षदेखि मूल पुरोहितका रूपमा रहेका पौडेलका अनुसार सो मन्दिरमा दुईसय ४२ वर्षभन्दा लामो समयदेखि सामूहिक रुपमा जमरा राखिँदै आएको हो। निरन्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्न तथा पूजाका लागि बेलकोटगढी नगरपालिकाले यसवर्ष आवश्यक रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। यसअघि नगरपालिकाले सो मन्दिरमा पूजाका लागि गत २०७८ सालमा दुई लाख, २०७७ मा दुई लाख, २०७६ मा दुई लाख, २०७५ मा एकलाख ४० हजार र २०७४ मा एकलाख २० हजार रुपैयाँ उपलब्ध गराएको थियो।

सामूहिक रूपमा जमरा राख्ने कार्यले स्थानीय र समुदायबीच नमुनाको अभियान भइरहेको वडाध्यक्ष प्रल्हादप्रसाद थपलियाले बताए। ​​​​​​​बेलकोटगढी ऐतिहासिक स्थल र धार्मिक पर्यटनको केन्द्रसमेत भएका कारण सोही स्थानको नामबाट बेलकोटगढी नगरपालिकाको नामकरण भएको नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले बताए। यसैगरी नुवाकोटको भैरवी, तुलजा भवानी, साततले दरबार तथा विभिन्न मठमन्दिरमा पनि सामूहिक रुपमा जमरा राखिएको छ।

 

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस