२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन तस्करीको अभियोग खेपेका पूर्वसभामुखका छोरा राहुल पुर्पक्षका लागि थुनामा

२७ असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करीको आरोपमा पक्राउ परेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले बताए ।

न्यायाधीश डण्डपाणि शर्माको इजलासले घटनामा उनी संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै थुनामा पठाउनुपर्ने आदेश गरेको हो । महरा लगायत ४ जनामाथि आपराधिक विश्वासघात ,भन्सार चोरी तथा संगठीत अपराध सम्बन्धी कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलेको थियो ।

विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर ल्याउने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले राहुल लगायतमाथि अनुसन्धान गरेको थियो । राहुल पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन् ।

 

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस