२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुरक्षा चुनौती भन्दै ४ जनाको सामुहिक हत्या गर्ने सञ्जय भण्डारीलाई गोलघरमा लगियो

२७ असोज, काठमाडौं । तीनकुने सामुहिक हत्याकाण्डमा पुर्पक्षका लागि थुनामा पठाइएका सञ्जय भण्डारीले गोलघरमा राखिएको छ । सुरक्षा चुनौती भएकाले उनलाई सिधै गोलघरमा लगिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए ।

शुक्रबार मात्र जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीनबन्धु बरालको एकल इजलासले भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । गत २९ भदौंमा तीनकुनेस्थित फर्निचर गोदाममा चार जनाको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबीसे–९ का भण्डारी विरुद्ध मुद्दा दायर गरेको थियो । घटनामा संलग्नता देखिने पर्याप्त आधार भएको भन्दै भण्डारीलाई थुनामा पठाउन आदेश गरेको, काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

उनले विशाल राईसँग आफ्नो रिसिइबी रहेकाले उनलाई खुकुरी प्रहार गरेको स्विकारेका थिए । त्यसक्रममा अरूले देखेका भुजेल परिवारका ३ जनालाई पनि आक्रमण गरेको उनको बयान छ । उनले थप ९ ठाउँ मान्छे मारेको बयान दिएका छन्, जसमध्ये कतिपय केसमा प्रहरीले अनुसन्धान पनि गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस