२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं आएका कोसीका मुख्यमन्त्री विमानस्थलबाट सोझै पुगे शेखर निवास : के फरि उल्टिदैछ ?

Chief Minister directly reached Shekhar Niwas from the airport

२७ असोज, काठमाडौं । कोसीका मुख्यमन्त्री केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएकै दिन काठमाडौं आएका छन् । शनिबार प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौं आएका हुन् । काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण भएपछि उनी कांग्रेस नेता शेखर कोइरालाको निवासमा पुगेका छन् ।

मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिनुअघि उनी नेताहरु भेट्न काठमाडौं आएका हुन् । एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेलाई पनि सरकारमा सहभागी गराउनुपर्ने बाध्यता छ । तर आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सत्तारुढ गठबन्धनप्रति प्रतिवद्ध रहने सहमति भएको छ । यही अप्ठेरोका बीच मुख्यमन्त्री कार्की नेताहरुसँग छलफल गर्न काठमाडौं आएको स्रोतको भनाइ छ ।

माओवादीले गठबन्धन बचाउन अब कार्कीलाई नै विश्वासको मत दिने बताएको छ । यद्यपी सत्ता गठबन्धनमा अझैपनि राप्रपा नथपिने हो भने एमाले बाहेकको सहयोगमा कोसीमा सरकार बन्दैन । अब कार्कीपनि संवैधानिक रुपमा विश्वासको मत लिन नसक्ने अवस्थामा पुगेको खण्डमा कोसी प्रदेशले मध्यावधि चुनाव खेप्नुपर्ने हुन्छ ।

 

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस