२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज झनै बढ्यो सुनको मूल्य

today gold price in nepal

२६ असोज, काठमाडौं । आज साताको अन्तिम दिन शुक्रवार सुनको मूल्य झनै बढेको छ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीवारबाट फेरि उकालो चढेको छ ।

योसँगै छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार १ सय र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ । बिहीवार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार ५ सय तोकिएको थियो ।,

शनिबार प्यालेस्टाइन विद्रोही हमास समूहले इजरायलमा आकम्रण भएयता सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको थियो । गत शुक्रबार एक लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ८ हजार ९ सय रुपैयाँ पुगेको थियो । आज एक लाख १० हजार १ सय पुगेको छ । चाँदीको मूल्य भने शुक्रबार अघिल्लो दिनको तुलनामा घटेको छ । बिहीवार चाँदीको प्रतितोला मूल्य १ हजार ३५० रुपैयाँ कायम भएको थियो भने आज शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ३४५ कायम भएको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस