२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घट्यो तापक्रम, चिसो सुरु

temperature dropped in nepal cold started

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर बिहान बेलुका चिसो हुन थालेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार न्यूनतम र अधिकतम तापक्रम बिस्तारै घट्न थालेको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेकोमा आज १५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । अधिकतम तापक्रम पनि केही घट्न थालेको मौसमविद् नगरकोटीले बताए ।

असोज महिनाको अन्तिमतिर आइसकेकाले अब चिसो बढ्दै जानेछ । बेलुकीपख चिसो हावा चल्न थालेको छ । दिउँसोको समयमा भने गर्मी नै छ । असोज अन्तिम हप्ता आइसक्दा पनि मनसुन भने नेपालबाट पूर्ण रुपमा बाहिरिसकेको छैन ।

सामान्यताय अक्टोबर २ तारिखमा मनसुन बाहिरनु पर्नेमा आज अक्टोबर १३ तारिख भइसकेको छ । नेपालको पश्चिमी क्षेत्रबाट भने मनसुन बाहिरिसकेको छ । यसपालि गएको जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो ।

 

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस