२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओलीसँग मिलेर कोसीमा जस्तै केन्द्रदेखि अरु प्रदेश सरकारसम्म हुँदैछ शेखर समूहको ‘विद्रोह’

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाको पार्टी भित्रको विद्रोहले सत्तारुढ गठबन्धन हल्लिएको छ । अहिले पराकम्पन जस्तो मात्र छ भूकम्प त जानै बाँकी छ त्यो केन्द्रीय सरकार नै ढाल्ने खालको हुन्छ एक नेताले बताए । नेकपा (एमाले) का ३९ प्रदेशसभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् । यहाँ शेखर समूहका ८ जना सदस्य सहभागी छन् । एमाले र शेखर समूहबीच केन्द्रीय र अरु सरकारहरु बनाउन सहकार्य निरन्तर अघि बढाउने सहमति शीर्ष नेता तहमा नै भएको बुझिएको छ ।’

सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेपनि संविधानत कार्की मुख्यमन्त्री हुन लगभग निश्चित छ । त्यो नभए तत्कालै अदालत जाने र अदालतले केन्द्र सरकार निर्माणका क्रममा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु भन्ने आदेशको नजीरमा रहेर कार्कीलाई मुख्यमन्त्री बनाउने आदेश तत्कालै दिनसक्छ । त्यसपछि यो गठबन्धनको यात्रा केन्द्रदेखि सबै प्रदेशका सरकार ढाल्ने र बनाउनेतर्फ अघि बढ्नेछ ।’

बिहीवार अपराह्न माओवादी दलका नेता आङ्बोले सत्ता गठबन्धनमा रहेका चार दलका संसदीय दलका नेताको समर्थन लिएर प्रदेश प्रमुख कार्यालय पुगेका थिए । आङ्बो त्यहाँबाट ननिस्किँदै कांग्रेस प्रदेशसभा सदस्य कार्की कांग्रेसका ८ र एमालेका ३९ सहित ४७ सांसदको हस्ताक्षरसहित पुगे । प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेपछि प्रदेश सांसद कार्कीले भने, ‘संविधानको धारा १६८ (५) र सर्वोच्चको संवैधानिक इजलासको नजीरलाई सदुपयोग गरेको हुँ ।’

१६८ (५) मा सरकार बनाउँदा अन्तिम विकल्पको रुपमा दलहरुलाई ह्वीप नलाग्ने, जुन सदस्यले बहुमत पुर्याउँछ उसैलाई मुख्यमन्त्री बनाउँने उल्लेख छ । सर्वोच्चको संवैधानिक इजलासको नजीरमापनि यो उल्लेख छ । साथै आङ्बोको दाबीमा उल्लेखित ८ जना प्रदेश सदस्यले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको आङ्बोलाई आफूहरुको समर्थन नभई कार्कीलाई रहेको भन्दै प्रदेशप्रमुखलाई निवेदन दिएका छन् । यसलेपनि कार्की बलियो देखिन्छन् ।’

 

 

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस