२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाँकेको नेपालगञ्जमा भीषण आगलागी, सात वटा पसल जलेर नष्ट

Severe fire in Banke's Nepalgunj

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वीपीचोकमा आज बिहान भीषण आगलागी हुँदा सात वटा पसल जलेर नष्ट भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पसलका प्रायजसो सामान जलेको जानकारी दिए । अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उनले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खड्काले आगो निभाउन झन्डै दुई घण्टा लागेको जानकारी दिएका छन् । आगो निभाउन उपमहानगरपालिकाको तीन वटा र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको खड्काले बताए ।

 

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस