२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रायो साग खान जान्नुभयो भने क्यान्सरदेखि रुघाखोकीसम्म चैट

rayo saag mustard greens benefits and side effects

काठमाडौं । हरियो सागपात भन्ने बितिक्कै हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि यो तरकारी फलाउन सकिन्छ । धेरैलाई थाहा नहुन पनि सक्छ रायो तरकारी मात्र नभएर स्वास्थका लागि पनि निक्कै फलदायक हुन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता स्वास्थ समस्याबाट मुक्ति पाउन सकिन्छ ।

जोर्नी र हड्डी बलियो बनाउँछ
रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभदायक छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्नुका साथै यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ ।

महिनावारीमा राहत दिन्छ
रायोको सागमा पाइने भिटामिन–के ले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।

शरीरका विकार फाल्छ
रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीन वटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीर बाहिर निकाल्छन् ।

स्मरणशक्ति बढाउँछ
उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

आँखा तेजिलो बनाउँछ
रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ ।

मुटु बलियो बनाउँछ
मुटु सम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटु सम्बन्धी रोग लाग्न नदिन रायोको साग खानुपर्छ ।

क्यान्सरबाट जोगाउँछ
रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो । भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

डन्डीफोर कम गर्छ
रायोको सागमा पाइने तत्वले डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फेक्सनबाट जोगाउन रायो सागको सेवन फलदायी हुन्छ ।

गर्भवतीलाई लाभ गर्छ
गर्भवती महिलालाई वाक-वाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन के को कमीका कारण यस्तो हुने गर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भवती महिलाका लागि लाभकारी हुन्छ ।

रुघाखोकीबाट जोगाउँछ
रुघाखोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटामिन सीको राम्रो स्रोत हो । भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ ।

पत्थरी हुन दिँदैन
पिसाबनलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ ।

बाथका रोगीलाई राहत दिन्छ
रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।

 

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस