२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनएमसीले खुलायो विशेष परीक्षाको आवेदन, कहिलेसम्म भर्न पाइने ?

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले विशेष परीक्षाको लागि आवेदन खुला गरेको छ । आगामी मंसिर १४ र १५ गते सञ्चालन हुने परीक्षाको लागि असोज २७ गतेदेखि आवेदन खुला गरिने काउन्सिलले जनाएको छ ।

विशेष परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले एनएमसीले दिएको लिंकमा गएर फारम भर्नु पर्नेछ । इच्छुक विद्यार्थीका लागि फारम भर्ने अवधि असोज २७ देखि कार्त्तिक २६ गतेसम्म तोकिएको छ । विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुने पनि काउन्सिलले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस