२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

म धन्न बाँचेर नेपाल आमाको काखमा आए भन्दै धनबहादुर धक्कानिए

२६ असोज, काठमाडौं । हमास समूहले शनिबार दक्षिणी इजरायलमा गरेको आक्रमण १० जना नेपालीको मृत्यु भयो, चार जना घाइते भए । घाइते भएकामध्ये एक धनबहादुर चौधरी शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् ।

घर फर्किन चाहने नेपालीहरुलाई लिन सरकारले विमान चार्टर गरेर परराष्ट्रमन्त्री एनपी साउदलाई पठाएको थियो । विमानमा धनबहादुरसहित २५४ जना आएका छन् । आक्रमणमा परेर घाइते भएका उनको इजरायलमै उपचार भएको थियो । ह्वील चियरमा राखेर ल्याइएका धनबहादुरले विमानस्थलमा मसिनो स्वरमा म धन्न बाँचेर नेपाल आमाको काखमा आए भन्दै धक्कानिए । उनको अनुहार र शब्दले त्यहाँ रहेका सबैलाई भावुक बनाएको थियो । उनले वी आर नेपाली भन्दै चिच्याउँदा समेत दुश्मनले नछोडेको सुनाए ।

 

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस