२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झापामा एमाले नेता महेश बस्नेतसहित कार्यकर्ताका गाडी तोडफोड

काठमाडाैं, असोज २५ । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ताले एमाले नेता कार्यकर्ताका गाडी तोडफोड गरेका छन् ।

बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड भएका हुन् । अर्जुनधारा नगर कमिटीको अधिवेशन कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको जनाइएको छ ।

डीआइजी राजेशनाथ बास्तोलाका अनुसार तोडफोडबाट सात वटा गाडीका सिसा फुटेका छन् । तोडफोडमा संलग्न पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ता भएको र तोडफोडमा संलग्नको खोजी भएपनि पक्राउ परिनसकेको डीआइजी बास्तोलाले बताए ।

 

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस