२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गठबन्धन ढल्याे: सरकार बनाउन कांग्रेस शेखर समूह र एमालेबीच सहमतिसँगै मुख्यमन्त्रीमा दाबी

२५ असोज, काठमाडौं । कोसी प्रदेशमा सरकार गठनको अन्तिम संवैधानिक विकल्पमा पनि कांग्रेसको सिटौला समूह र माओवादीले विवाद गर्न चाहेको देखिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले बहुमत पु¥याउन सक्ने सांसदले भोलि शुक्रवारसम्म मुख्यमन्त्रीमा दाबी गर्न सक्ने गरी समय दिएका थिए । आज नै कांग्रेसका केदार कार्कीले नेकपा (एमाले) काे समर्थनमा बहुमत पु¥याएका छन् ।

तर, आज सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का इन्द्र आङ्बोले दाबी पेस गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कोसीमा सरकार गठनका लागि अन्तिम विकल्पका रूपमा माओवादीका प्रदेश संसदीय दलका नेतासमेत रहेका आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । यसअघि कांग्रेसका उद्धव थापा दुई पटकसम्म मुख्यमन्त्री बने पनि विश्वासको मत जुटाउन असफल भए ।

आज आङ्बोले कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरे ।
तर, नेपाली कांग्रेसका सांसद केदार कार्कीले कांग्रेसका आठ जना र एमालेका ३९ जना सांसदको हस्ताक्षरसहित थप दाबी पेस गरे । कार्कीले एमालेकी उपसभामुखको हस्ताक्षर पेस नगरेको प्रदेश मन्त्री एकराज कार्कीले जानकारी दिए । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनको सम्भावना नरहेको अवस्थामा कांग्रेसलाई समर्थन गरेको बताएको छ । त्यसैले शेखर कोइराला पक्षका केदार कार्कीले दाबी पेस गरेका हुन् ।

कोसीमा सरकार गठनका लागि यो नै अन्तिम विकल्प भएकाले दलहरूले आफ्ना सांसदलाई ‘ह्विप’ लगाउन पाउने छैनन् । बहुमत पु¥याउन सक्ने सांसदले सरकार गठन गर्न सक्नेछन् । माओवादीले आफूहरूले बहुमत जुटाउने दाबी गर्दै आएको छ । यसका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेका छन् । गठबन्धनलाई सरकार गठनमा सघाएमा कोसी प्रदेशको सभामुख राप्रपालाई दिन पनि दलहरू सहमत भएका छन् । तर, राप्रपाले औपचारिक निर्णय गरेको छैन ।

एमालेका तर्फबाट मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले भोलि शुक्रवार साँझसम्म मुख्यमन्त्रीको नाम सिफारिस गर्न समय दिएका छन् । यस पटक पनि बहुमत नजुटेमा प्रदेशसभा नै विघटन हुन्छ । बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । कोसीमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसद छन् । एमालेका ४० जना सांसद छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जना सांसद छन् ।

एमाले र कांग्रेसकाे गठबन्धन बनेकाे खण्डमा यहाँ सहज सरकार बन्छ ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस