२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायल युद्धमा फसेका नेपाली एकसाथ ल्याइने, लिन परराष्ट्रमन्त्री आफैं इजरायल उडे

काठमाडौं । इजरायल युद्धमा फसेका नेपाली विद्यार्थीहरूलाई सरकारले एकसाथ ल्याउँदैछ । इजरायलमा अध्यनरत सबै विद्यार्थीहरूलाई एकैपटक ल्याउन परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल पुग्दैछन् । उनी नेपालबाट आज बिहान तीन बजे काठमाडौंबाट उडेका छन् ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायलमा २६५ जना विद्यार्थी अध्ययनका लागि गएको बताइन् । यसैगरी, उनले १० जनाको निधन भएको र केही सम्पर्कमा नरहेको पनि जानकारी दिइन् । त्यसैले सबै नेपाली विद्यार्थीलाई एकैपटक नेपाल ल्याउने तयारी रहेको उनले बताइन् ।

इजरायलमा रहेका नेपाल फर्किन चाहने नेपालीहरुका लागि सरकारले नेपाल एयरलाइन्सको चार्टर विमान पठाएको छ । २५० सिट भएको उक्त विमानमा सकेसम्म सम्पर्कमा आएर नेपाल आउन चाहने सम्पूर्ण नेपालीलाई ल्याउने तयारी रहेको पनि प्रवक्ता लम्सालले सुनाइन् । बाँकी रहेका अन्य विद्यार्थीलाई भने अर्को चरणमा ल्याइने पनि मन्त्रालयले जानकारी दिएको छ । यसका साथै नियमित उडानमार्फत पनि उनीहरु नेपाल फर्किन सक्ने उनले बताइन् ।

केयर गिभरका रुपमा गएका नेपालीहरुलाई जोखिम कम भएका कारण पहिलो प्राथमिकता विद्यार्थीहरुलाई नेपाल ल्याउन लागिएको हो । इजरायलमा अहिले ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा काम गर्दछन् । इजरायलमा पढ्न भने २६५ जना विद्यार्थी गएका थिए ।

 

 

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस