२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अञ्जन विष्टकाे कीर्तिमानी गोलले नेपालले लाओससँग बराबरी खेल्यो

२५ असोज, काठमाडौं । विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । काठमाडौंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार भएको पहिलो लेगको खेलमा एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै नेपालले बराबरी गरेको हो । नेपालका लागि अञ्जन विष्टले कीर्तिमानी गोल गर्दै खेल बराबरी गरेका थिए ।

सुस्त सुरुवात भएको खेलको पहिलो हाफमा लाओसले एउटा अवसर बनायो र त्यसैमा गोल गर्दै अग्रता बनायो । लाओसका लागि कप्तान बोनपछान बोउनकोङले ३३ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । जसको असर खेलमा देखियो र ४८ औं मिनेटमा अञ्जन विष्टले नेपालको लागि बराबरी गोल फर्काए ।

एरिक विष्टको कर्नरमा अञ्जनले हेडमार्फत उत्कृष्ट गोल गरे । नेपालको लागि यो उनको कीर्तिमानी गोल हो । अञ्जनले उक्त गोल पछि नेपालका लागि सर्वाधिक १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका छन् ।

यसपछि नेपालले दवाव बनाएपनि कुनै टीमले गाेल गर्न सकेनन् । खेल १-१ गाेलकाे बराबरीमा सकियाे ।

उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्काउँदै गोल गरे । सुरुमा अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई बिट गर्दै गोल गरेका हुन् ।

तर दोस्रो हाफमा नेपालले पुनरागमन गर्‍यो । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले दाेस्रो हाफको सुरुमै आवास लामिछानेको स्थानमा उत्सव राई, आयुष घलानको स्थानमा दिनेश हेन्जन र आशिष चौधरीको स्थानमा एरिक विष्टलाई मैदान पठाएपछि नेपालको खेल सुधारियो ।

 

 

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस