२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतीय प्रधानमन्त्री मोदी नेपालबाट अघोषित रुपमा हडपेको स्वर्ग जस्तो कालापानी क्षेत्रमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रको भ्रमण गरेका छन् । नेपालबाट अघोषित रुपमा भारतले हडपेको नेपाली भूमिमा मोदी हेलिकप्टरमार्फत कालापानी क्षेत्र पुगेका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफूले कैलाश र पार्वतीकुण्डको दर्शन गरेको भन्दै तस्बिर राखेका छन् ।

मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी पुगेको ठाउँ नेपाल–भारत सीमा क्षेत्रमा पर्छ । मोदीको भ्रमणको बारेमा नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सरकारले २०७७ साल जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र समेटिएको छ । भारतले भने यो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

तस्बिर : मोदीको ट्विटर (एक्स)

 

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस