२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंका यी क्षेत्रमा कात्तिक ४ गतेसम्म विद्युत सेवा प्रभावित हुने

electricity authority notice

असोज २५,काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणको काठमाडौं ग्रिड महाशाखा अन्तर्गत लैनचौरस्थित ६६ / ११ के.भी. सबस्टेसन स्तरोन्नति भइरहेकाले कात्तिक ४ गतेसम्म उक्त सबस्टेशनबाट आपूर्ति भइरहेका स्थानसहित अन्य क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ।

उक्त सबस्टेसनबाट सञ्चालित सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न प्राधिकरणले भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरेको छ। त्यसकारण यी क्षेत्रमा विद्युत् सेवा केही दिन प्रभावित हुने प्राधिकरणले जनाएको छ।

 

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस