२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

के २९ अक्टोबर भारतको दिल्लीदेखि नेपालको काठमाडौंसम्म ८ रेक्टरभन्दा माथीको महाभूकम्प आउँदैछ ?

Big Earthquake from India Delhi to Nepal Kathmandu from 8th Rector more

काठमाडौं । भारतका अधिकांश सञ्चार माध्यमहरुले २९ अक्टोबर २०२३ मा महाभूकम्प आउने दावी गरिरहेका छन् । यो महाभूकम्प ८ रेक्टर स्केलभन्दा माथीको हुने दावी गरिरहेका छन् । भूकम्पको दायरा भारतको नयाँदिल्ली देखि नेपालको काठमाडौंसम्म हुने उनीहरुको दावी छ ।

यति मात्र हैन । पाकिस्तानको कराँचीदेखि टर्कीसम्म यसको प्रभाव हुने उनीहरुको दावी छ । उनीहरुले सन् २०२३ भित्र नै एसिया क्षेत्रमा आएका ठूला भूकम्प र नेपाली भूमिमा भएको कम्पनलाई विश्लेषण गरेका छन् । साथै नेदरल्याण्डका जियोलजिष्ट फ्रेन्क हुगरबीट्सले गरेको भविष्यवाणीलाईपनि प्रमाणको रुपमा पेस गरिरहेका छन् । हुगरबीट्सले सन् २०२३ को सुरुवातमा नै टर्कीमा आएको महाविनाशकारी भूकम्पको बारेमापनि सोही दिनको भविष्यवाणी गरेका थिए । उक्त भूकम्पमा मृतकको सङ्ख्या ५० हजार बढी भयो । उनले अफगानिस्तानको भूकम्पकोपनि भविष्यवाणी गरेका थिए ।

अहिले उनले भारत र नेपालसम्म उच्च प्रभावित हुने महाविनाशकारी भूकम्पका बारेमा बोलेका छन् । उनै डच वैज्ञानिकले सन् २०१९ को आसाम–अरुणाञ्चलको भूकम्पकोपनि भविष्यवाणी गरेका थिए । त्योपनि सावित भएको थियो । पृथ्वी भित्रको परमाणु उर्जाकै कारण टेक्टोनीक प्लेट सर्ने गर्छ। टेक्टोनीक प्लेट धेरै मात्रामा सर्ने बेला महाभूकम्प आउँछ ।

टेक्टोनीक प्लेट हल्लिने क्रम हिमालय क्षेत्रमा धेरै हुन्छ । यसैले साना–साना कम्पनबाट यहाँ धेरै शक्ति सञ्चय भएको हुन्छ । परमाणु उर्जाले तिव्र गति लिएको खण्डमा टेक्टोनीक प्लेट धेरै सर्छ । यो उर्जा हिमालय क्षेत्र आसपास अर्थात् नेपाल र भारत आसपास धेरै सञ्चय भएको छ । यसैले यहाँ महाभूकम्प आउँदैछ उनले तथ्यसहित खुलाएका छन् ।

ज्योतिष शास्त्रीय विश्लेषणमापनि चन्द्र ग्रहणको बेला भूकम्पको खतरा धेरै हुन्छ । अक्टोबर २८ चन्द्रग्रहण लाग्दैछ । यसैले उनको भविष्यवाणीमा ज्योतिषीय रुपमापनि मलजल भएको छ । भूकम्प आउने सन्देशमा आत्तिनुभन्दा पूर्व तयारी गर्नु जरुरी छ । बेला–बेला यो विपत्ति खेप्नै परेकाले यसै होला भन्न सकिन्न ।

 

 

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस