२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसीसी यू–१९ प्रिमियर कपमा नेपालले इरानलाई दियो ३५४ रनको विशाल लक्ष्य

ACC U-19 Premier Cup

२५ असोज, काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानलाई ३५४ रनको विशाल लक्ष्य दिएको छ ।

समूह बी मा रहेको नेपाल र इरानबीचको खेल युएसडी युकेएम ओभलमा स्थानीय समय अनुसार बिहान साढे ९ बजे (नेपाली समय बिहान सवा ७ बजे) बाट भएको थियो । खेलमा नेपालका देव खनालले शतक पूरा गरे । अरुलेपनि उत्कृष्ट अंक जोड्दै नेपालका लागि विशाल स्कोर खडा गरे । अब इरान जवाफी ब्याटिङ गर्नेछ ।

आगामी डिसेम्बरमा हुने यू-१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपालले पहिलो खेलमा तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएको छ । नेपालले समूह चरणमा इरानसँगै बहराइन र साउदी अरेबियासँग खेल्नेछ । १६ टोली सहभागि एसीसी यू-१९ प्रिमियर कपबाट शीर्ष तीन टोली मात्र यू१९ एसिया कपमा छनोट हुनेछन् । जहाँ एसियाका टेष्ट खेल्ने पाँच राष्ट्रको यू-१९ टोलीले सीधै स्थान पक्का गरिसकेका छन् ।

हरेक समूहको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपालको पहिलो लक्ष्य समूहको तीनवटै खेल जितेर सेमिफाइनल पुग्ने र त्यसपछि फाइनल जित्दै च्याम्पियन भएर यू१९ एसिया कपमा पुग्ने छ । त्यसका लागि नेपालले अन्य समूहमा रहेका युएई, हङकङ, मलेसिया, सिंगापुर जस्ता टिमसँग खेल्नुपर्ने हुन सक्छ । नेपालले दोस्रो खेल बहराइनसँग १५ अक्टोबर र तेस्रो खेल साउदीसँग १९ अक्टोबरमा खेल्नेछ ।

 

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस