२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लगातार बढेको सुनको मूल्य आज घट्यो

today gold price in nepal

२४ असोज, काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य बुधबार भने घटेको छ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य शनिबार हमास बिद्रोहीले इजरायलमा आक्रमण गरेपछि खल्बलिएको अन्तर्राष्ट्रिय अर्थतन्त्रका कारण पुनः उकालो लागेको थियो । आज सामान्य गिरावट आएको छ । बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । योसँगै छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ८ हजार ३ सय रुपैयाँ छ ।

शनिबार प्यालेस्टाइन विद्रोही हमास समूहले इजरायलमा आकम्रण भएयता सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको थियो । शुक्रबार एक लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ८ हजार ९ सय रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ । यो सँगै बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ३४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३४५ रुपैयाँ तोकिएको थियो । मंगलबार १ हजार ३४० रुपैयाँ नै थियो ।

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस