२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आइजीपी बेलायत रहेकै बेला निमित्त प्रहरी प्रमुख राईसहितको टोली अमेरिका प्रस्थान

२४ असोज, काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राई नेतृत्वको ३ सदस्यीय टोली मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ । सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने चिफ अफ पुलिस कन्फरेन्समा सहभागी हुन एआईजी राईसहितको टोली अमेरिकातर्फ गएको हो ।

टोलीमा राईसहित डीआईजीद्वय दुर्गा सिंह र केदार ढकाल समेत छन् । राईको अनुपस्थितिमा निमित्त प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दिपक थापाले सम्हाल्ने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । अमेरिका जाने टोलीलाई एआईजी थापासहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेको थियो । कार्यक्रममा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिसिङका भावी योजना, समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप मानव बेचबिखनका पीडितको सशक्तिकरण र विश्वास अभिवृद्धि आर्टिफिसियल इन्टलिजेन्स लगायतका विषयमा छलफल हुने बताइएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरसहितको टोली अहिले बेलायत भ्रमणमा छ ।

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस