२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माघ २६ मा ‘हात्तीछाप’सँगै ‘उपहार’ रिलिज हुँदा बेनिशालाई तनाव

Stress for Benisha when 'Upahar' was released along with 'Hattichhap' on 26th magh

काठमाडौं । फागुण २५ मा नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहने दुई फिल्म एकैसाथ रिलिज हुने कुरा त हामीले उल्लेख गरिसकेका छौं । अब, माघको २६ गते पनि यस्तै एउटा भिडन्त हुँदैछ । जसले, नायिका बेनिशा हमाललाई समस्यामा पारिदिएको छ । बेनिशा अभिनीत फिल्म ‘हात्तीछाप’ले पहिले नै माघ २६ को मिति तय गरिसकेको हो । किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको फिल्मको फस्टलुक समेत रिलिज भइसकेको छ ।

अब, यही मितिमा फिल्म ‘उपहार’ पनि आउने भएको छ । फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमालको मुख्य भूमिका छ । फिल्मको टिमले चाडै नै गीत सार्वजनिक गर्ने तयारी गरेको छ । एउटै मितिमा आफू अभिनीत २ फिल्म रिलिज हुने भएपछि बेनिशालाई पनि तनाव भएको छ । किनकी, एउटै मितिमा २ फिल्म रिलिज हुँदा कलाकारलाई प्रमोशनको समस्या हुँदै आएको छ ।

बेनिशा पनि एकैसाथ २ फिल्म एउटै मितिमा आउँदा आफूलाई दोहोरो प्रमोशनमा दौडनुपर्ने भएकाले केही गाह्रो हुने तर्क गर्छिन् । अब, बेनिशाले कुन फिल्मलाई बढी समय दिन्छिन् त्यो प्रमोशन सुरु भएपछि नै थाहा हुनेछ । कहिले लामो समय फिल्म नै नआउने त कहिले एकैसाथ फिल्म जुध्ने समस्याले कलाकारलाई हैरान भने बनाउँदै आएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस