असोज २३, काठमाडौं । हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि पोर्नस्टार मिया खालिफा यतिबेला विश्व मिडियाको हेडलाइन बनिरहेकी छन् । यो तनावका बीचमा उनी प्यालेस्टाइनको समर्थनमा उत्रिएपछि यसले धेरैको ध्यान खिचेको छ । प्यालेस्टाइनको समर्थन गर्दा मियालाई निकै महंगो परेको छ । मिया खालिफाले आफ्नो जागिर गुमाएकी छिन।
केही समयअघि क्यानडाली प्रसारक तथा रेडियो होस्ट टोड शपिरोसँगको मियाको व्यापारिक सम्झौता भएको थियो । तर, प्यालेस्टाइनलाई समर्थन गरेपछि खलिफालाई सो सम्झौताबाट बर्खास्त गरिएको छ । खलिफासँग सहकार्य गर्न लागेको शपिरोले उनको ट्वीट देख्नासाथ तत्काल बर्खास्त गरेको प्रतिक्रिया दिएका छन् ।
उनले लेखेका छन,‘ यो वास्तवमै डरलाग्दो ट्वीट हो मिया खालिफा । घृणित ट्वीट। साँच्चै भन्नुपर्दा घृणितभन्दा बाहिर । आफूलाई तुरुन्तै प्रभावकारी बनाउन सिक्नुस् । सोचलाई केही माथि उठानुहोस् र आफूलाई एउटा राम्रो मानव बनाउनुहोस् । तपाईँले मृत्यु, बलात्कार, कुटपिट र बन्धक बनाउने कुरालाई सहज रूपमा लिनुभएको छ । त्यस्ता कार्यलाई माफ गरिरहनु भएको छ । कुनै पनि शब्दले तपाईँको अज्ञानतालाई व्याख्या गर्न सक्दैन । म तपाईँ राम्रो व्यक्ति बन्नको लागि प्रार्थना गर्दछु । यद्यपि यो तपाईँको लागि धेरै ढिलो भएको जस्तो देखिन्छ ।’
३० वर्षीया खालिफा यतिबेला आफ्नो ट्वीटकै कारण सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन् । उनले हमासको आक्रमणलगत्तै ट्वीटरमार्फत प्यालेस्टाइनको समर्थन गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यदि तपाईँ प्यालेस्टाइनको अवस्था हेर्न सक्नुहुन्छ र प्यालेस्टिनीको पक्षमा हुनुहुन्न भने तपाईँ भेदभाव गर्दै हुनुहुन्छ र यसलाई समयले देखाउनेछ ।’ उनले पुनः दोस्रो ट्वीट गरेकी थिइन् । दोस्रो ट्वीटमा लेखिएको छ,‘ म विश्वास गर्न सक्दिन कि नक्कली गुच्ची शर्ट पछाडि जियोनिस्ट भेदभाव लुकाइएको छ।’
I just wanna make sure there’s 4k footage of my people breaking down the walls of the open air prison they’ve been forced out of their homes and into so we have good options for the history books that write about how how they freed themselves from apartheid. Please worry about… https://t.co/sgx8kzAHnL
— Mia K. (@miakhalifa) October 8, 2023