२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलमा अस्ताएका लोकेन्द्रको अन्तिम फोनले विछिप्त: सानो उमेरमै सिउँदो पुछिएकी श्रीमती बेहोस

Lokendra's last phone call in Israel dead

दार्चुला । उनी सुनौलो भबिष्यको मिठो सपना देखेर इजरायल गएको एक महिना पनी भएको थिएन् । घर परिवार, श्रीमती र छोराछोरीलाई खुशी दिन पसिना बगाईरहेका दार्चुलाका लोकेन्द्रसिंह धामीले बिरानो माटोमा रगत समेत बगाउनु पर्छ भन्ने कल्पना सायदै गरेका थिए होला । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा उनी एउटा कृषी फार्ममा काम गरिरहेका थिए ।

उनी सधै जसो काममा जानु अघि र काम सकिएपछि घरपरिवारसँग फोनमा कुराकानी गरिरहन्थे । गत शुक्रवार उनले घरमा श्रीमतीलाई फोन गरेर भनेका थिए । सानु काम सुरु गरेको एक महिना पुग्नै लागेको छ । अब त तलब आउने बेलापनि भयो । तलब आएपछि म पैसा पठाईदिन्छु । दशै राम्रोसँग मनाउनु, छोराछोरीलाई नयाँ लुगा किनिदिनु । यो कुराकानी नै अन्तिम होला भन्ने नत लोकेन्द्रलाई नै थाहा थियो ।

नत श्रीमतीलाई नै । त्यसको भोलिपल्टै शनिवार बिहानै ईजरायलमा हमासको आक्रमण दर्जनौ नेपालीहरु घाईते, केहीको मृत्यु लगायतका समाचारहरु छ्यापछ्याप्ती आउन थाले । समाचार सुनेर लोकेन्द्रको परिवारले लोकेन्द्रलाई सम्र्पक गर्न खोजे । तर बिडम्बना लोकेन्द्रसँग सम्पर्क हुन् सकेन् । आईतवार दिनभर नै तिनै समाचारहरु आईरहे । लोकेन्द्रको चिन्ताले छड्पटाएको लोकेन्द्रको परिवारले पटक पटक सम्पर्क गर्ने प्रयास गरिरहे तर सफल भएन् । आईतबार साँझतिर सामाजिक सञ्जालमा ईजरायलमा मृत्यु भएका नेपालीहरुको विबरण सार्वजनिक भयो । जसमा लोकेन्द्रको नाम पनी समावेश थियो । लोकेन्द्रको मृत्युको खबर सुनेपछि बिक्षप्त बनेको परिवार अहिलेसम्म पनी होसमा छैन् । लाउ–लाउ खाउ खाउ भन्ने उमेरमै सिन्दुर पुछिएकी लोकेन्द्रकी श्रीमतीलाई सम्हाल्नै गाह्रो भएको छ ।

आफूहरुको सुनौलो भबिष्यका खातिर परेदेशिएको बुवा बिरानो मुलुकै ढलेपछि नाबालिग छोराछोरी टुहरा बनेका छन् । लोकेन्द्रले केही बर्ष अगाडि मात्रै प्रेम बिबाह गरेका थिए । लोकेन्द्रका ३ बर्षकी छोरी र १ बर्षको छोरा रहेका छन् । बुढेसकालको सहारा पुरानो मुलुकमा ढलेपछि लोकेन्द्रका आमाबाबु थला परेका छन् । चाडबाडको मुखैमा घटेको यो दुःखद घटनाले सिंगो गाउँ नै शोकमा डुबेको छ ।

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस