२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस र माओवादी आफ्नो भविष्य अन्धकार देखेर एमालेसँग आत्तिएका छन् : केपी ओली

काठमाडौंं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजका साना–साना समस्या समाधान गर्न पनि एमाले नै चाहिने भएको बताएका छन् । नेकपा एमाले मधेश प्रदेश अधिवेशनको बुधबार जनकपुरमा उद्घाटन गर्दै अध्यक्ष ओलीले महिनावारी भएका महिलालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन समेत एमालेकै सरकार बन्नु परेको स्मरण गराए । ‘यति कुरा सोच्न पनि नेकपा एमाले चाहियो’ उनले भने ।

बालबालिका खाते हुन सक्दैन र अभिभावक विहीन बालबालिकालाई सरकारले संरक्षण दिन्छ भनेर बालबालिकालाई संरक्षण गर्ने काम एमालेले गरेको उनको दावी थियो । नेपाल भिखमंगाको देश होइन भनेर सडक मानवलाई व्यवस्थापनको काम एमालेले गरे गरेको छ, यस्ता सामाजिक सुधारका काम कति भए कति’, ओलीले थपे ।

एमाले सरकार बनेपछि जनकपुरमा ढलको व्यवस्था गरेको उनले सुनाए । एमाले सरकारमा हुँदा सामाजिक विकास, नागरिक सुरक्षा, सडक, पूर्वाधार निर्माण लगायतका अनेक काम भएको उनले स्मरण गराए । एमाले सरकार बन्नुभन्दा अघिको जनकपुर ढल्केबहरबाट आउन आफूलाई अढाई घण्टा लागेको बताउँदै ओलीले एमालेको पालामा सडक मर्मत गरेपछि १५ मिनेटमा जनकपुर आउन सकिने भएको उनले प्रष्ट पारे । अरू कुनै सरकारले गर्न सकेन, त्यो काम नेकपा एमालेले गर्‍यो’, उनले भने ।

एमालेले सुरु गरेको ज्येष्ठ नागरिक भत्ता एमालेकै पालामा बढाएर ४ हजार पुर्‍याएको उनको भनाई छ । देशका कुनै पनि भागमा उभिएर जता हेरे पनि एमाले सरकारले गरेको काम देखिने उनको दावी थियो ।

देशको विकास र समृद्धिका लागि काम गरिहरेको एमालेसँग डराएकाले आफू पतन हुने डरबाट केही दलले एमालेको सरकार ढाल्ने काम गरेका उनको भनाई छ । एमालेले आर्थिक वृद्धिदर तीन वर्षमा बढाएर सात प्रतिशत पुर्‍याएको, ९ लाख मानिसलाई गरिबीको रेखामुनिबाट एमालेले माथि उठाएको, एमाले सरकारको पालामा विदेश जाने युवाको सङ्ख्या १८ प्रतिशतले घटाएको ओलीले सुनाए ।

एमालेले काम गर्न नसकेको कारण नभई विरोधी एमालेको काम देखेर आत्तिएका उनले प्रष्ट पारे । एमालेका विरोधी एमालेले मौका पाउने बित्तिकै काम गर्न सक्छ र आफ्नो सटर बन्द हुन्छ भनेर विरोधी आत्तिएको ओलीको भनाई थियो ।

अहिले एमालेसँग कांग्रेस र माओवादी आत्तिएका बताउँदै आलीले उनीहरू नसच्चिए उनीहरूको भविष्य अन्धकार हुने बताए । ‘कांग्रेस हामीसँग आत्तिएको किन ? एमालेले काम गर्न नसकेर हो र, आफ्नो भविष्य अन्धकार देख्ने थालेर, माओवादी एमालेसँग आत्तिएको किन ? आफ्नो भविष्य अन्धकार देखेर’, उनले भने ।

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस